बझाङमा लागूऔषध सहित दुई जना पक्राउ

सेयर गरौं

बझाङ : बझाङमा फेरी लागूऔषध सहित दुई जना पक्राउ परेका छन्। दुर्गाथली गाउँपालिका वडा नं ४ को आमरुख भन्ने ठाँउ बाट ६ केजी ६० ग्राम लागूऔषध सहित २ जना पक्राउ परेका हुन ।

विशेष सुचनाको आधारमा गएराति प्रहरीले केदारस्युँ गाउँपालिका–९ का २९ वर्षीय प्रेमबहादुर बोहरा र सोही पालिका–८ का २८ वर्षीय सुनिल बोहरा लाई पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय दुर्गाथलीबाट खटिएको प्रहरी टोलीले सुदुपश्चिम प्रदेश ०१–००९ प १४४० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागूऔषध फेला परेको थियो । पक्राउ परेका दुबै जनाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको र भोली सार्वजनिक गर्ने तयारी रहेको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी नीरीक्षक दिपेश चौत्ररीले बताउनु भयो ।

यसअघि खप्तड छान्ना गाउँपालिका ७ गोर्खालीमा गाँजा बनाउने उद्योगबाट प्रहरीले ठूलो परिमाणमा कच्चा पदार्थसहित तीन जनालाई पक्राउ गरेको थियो । लागूऔषधको कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले खानतलासी गर्दा तयारी गाँजा १४ किलो २१० ग्राम, गाँजाको दाना र कच्चा पदार्थ ७७ किलो ३०५ ग्राम गरी ९१ किलो लागु औषध बरामद गरेकोे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204