थलारा गाउँ पालिकामा दुई दिने स्थानीय पाठ्यक्रम प्रबोधिकरण तालिम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँ पालिकामा स्थानीय पाठ्यक्रम प्रबोदिकरण तालिम सम्पन्न भएको छ ।शिक्षा शाखाको आयोजनामा कक्षा ६-८ मा स्थानीय पाठ्यक्रम अध्यापन गराउने शिक्षकलागि दुई दिने प्रबोदिकरण तालिम सम्पन्न भएको हो ।
स्थानीय पाठ्यक्रम पढाउदा आई पर्ने समस्या कसरी समाधान गर्ने भन्ने उदेश्यले तालिमको आयोजना गरिएको थलारा गाउँपालिका शिक्षा संयोजक हर्क बहादुर रोकायाले बताउनु भयो ।
मंसिर १४ गते देखि सुरु भएको तालिम शुक्रबार सम्पन्न भएको हो । तालिममा १६ वटा बिधालयका शिक्षक शिक्षिकाहरु र स्थानीय पाठ्यक्रम निर्माण दलका सदस्य हरुको सहभागीता रहेको थियोे । सेवा निबृर्त शिक्षक मान बहादुर चौहान,दुर्गा भवानी षड्तोलका शिक्षक यज्ञराज जोशी र शिक्षा संयोजक हर्कबहादुर रोकायाले स्थानीय पाठ्यक्रम भित्रका बिषय बस्तु बारे सहजिकरण गर्नु भएको थियो । मंसिर १७ र १८ गते कक्षा १-५ का शिक्षकको लागि तालिम आयोजना गरिएको शिक्षा शाखा प्रमुख रोकायाले जानकारी दिनु भयो ।
थलारा गाउँपालिका शिक्षा शाखाले ४ पाठ्यभारको हाम्रो थलारा नामक स्थानीय पाठ्यक्रम यसै बर्ष निर्माण गरि कक्षा १ देखि ८ सम्म पठनपाठन गराई रहको छ ।

IMG 20230504 160003
थलारा गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम हाम्रो थलारा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 268