घर ज्वाइँ वसेका बझाङका एक जना भरुवा बन्दुकसहित धनगढीमा पक्राउ

सेयर गरौं

धनगढीः धनगढीमा घर ज्वाइँ बसेका बझाङका एक जना भरुवा बन्दुकसहित पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बझाङको केदारस्युँ गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर धामी छन्। उनी कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमा ससुरालीमा बस्दै आएका थिए।

शनिबार साँझ एकथान भरुवा बन्दुकसहित सल्लेरीबाट वीरबहादुरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ।

धामीले भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचनापछि प्रहरी टोली खटिएको थियो। प्रहरी टोलीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1335