थलारा गाउँ पालिकामा कृषि तथा पशुपंक्षि बिमामा पहुँच अभिबृर्दिका लागि एक दिने पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न

सेयर गरौं

थलारा गाउँ पालिकामा कृषि तथा पशुपंक्षि बिमामा पहुँच अभिबृर्दिका लागि एक दिने पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र चैनपुर बझाङको आयोजनामा कृषि तथा पशुपंक्षी बिमामा पहुँच अभिबृर्द्विका लागि पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
कृषकलाई कृषि तथा पशुपंक्षी बिमा गर्नु पर्छ भन्ने जानकारी गराउने र दुरदराजका कृषकले पनि बिमाबाट फाइदा लिन सकुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र चैनपुर बझाङका कार्यालय प्रमुख बिनोद कठायतले वताउनु भयो । यो कार्यक्रम अहिलेसम्म जिल्लामा मात्रै गरिने गरेको थियोे बिमा कार्यक्रम प्रभावकारी नभएकोले प्रभावकारी बनाउन पालिका स्तरीय बिमा सम्बन्धि अभिमुखिकरण कार्यक्रमको आयोजना गरिएको कार्यालय प्रमुख कठायतले बताउनु भयो ।
कार्यक्रमको उद्घाटन थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले गर्नु भएको थियो । कार्यक्रममा थलारा गाउँ पालिका भित्रका ९ वटै वडाका ब्यबसायिक कृषकहरू लगायत थलारा गाउँ पालिका कृषि तथा भेटेरिनरि शाखाका कर्मचारी हरुको सहभागिता रहेको थियो ।
थलारा गाउँ पालिका भेटेरिनरि शाखा प्राबिधिक सहायक चन्द्रबहादुर रोकायको सञ्चालनमा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित लगायत अतिथि रहनु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206