थलारा गाउँ पालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मंसिर २६ गतेदेखि सुरु हुने

सेयर गरौं

थलारा गाउँ पालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता मंसिर २६ गतेदेखि सुरु हुने भएको छ ।
चौधौं रनिङ शिल्ड प्रतियोगिताका रुपमा य‍ो प्रतियोगिता मंसिर २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताका खेलहरु थलारा गाउँ पालिका ९ स्थित मष्टा प्रा बि आम बगर र चक्रेश्वर मा बि मालुमेलाको खेलमैदानमा हुनेछन् ।
गाउँ पालिका खेलकुद बिकास समितिको निर्णय तथा शैक्षिकसत्र २०८० अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो ।
प्रतियोगितामा छात्रछात्रा भलिबल र एथलेटिक्स अन्तरगतका खेलहरु हुनेछन् ।
जिल्ला खेलकुद समितिले पौष मसान्तसम्म बझाङका सबै पालिकालाई पालिका स्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ । त्यसै अनुसार यहाँका स्थानीय तहले पालिका स्तरीय प्रतियोगिताको तयारी गरि रहेका छन ।
स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि माघमा जिल्ला स्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

1701949534063
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 125