थलारा गाउँ पालिकामा लैंगिक असमानता वालविवाह, पितृसत्तात्मक सोच र हानिकारक सामाजिक मुल्य मान्यता निवारण बिषयमा अन्तर पुस्ता संबाद कार्यक्रम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँ पालिकामा लैंगिक असमानता वालविवाह, पितृसत्तात्मक सोच र हानिकारक सामाजिक मुल्य मान्यता निवारण बिषयमा अन्तर पुस्ता संबाद कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिमा बालविवाह न्युनिकरण परियोजना
निड्स नेपाल बझाङ को आयोजनामा वालवालिका र तिनका अभिभावकहरु बीच लैंगिक असमानता वालविवाह,पितृसत्तात्मक सोच र हानिकारक सामाजिक मुल्य मान्यता निवारण बिषयमा एक दिने अन्तर पुस्ता संबाद कार्यक्रम गरिएको हो ।
थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित , प्रशासन अधिकृत केशबराज जोशी , महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख हेमन्त चन्द अतिथि रहनु भएको थियो ।
कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीले कानुनी रुपमा महिला वालवालिका हिंसा अन्त्य भए पनि सामाजिक रुपमा अझै अन्त्य भएको छैन भन्दै यसको अन्त्य गर्न सवै लाग्नुपर्ने बताउनु भयो ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले नेपाली समाज प्रथा र संस्कारबाट चलेको छ जसका कारण समाजमा हिंसाका घटना बढ्दै गएको धारणा राख्नु भयो ।
कार्यक्रममा पालिका भित्रका विभिन्न बिधालयका बालबालिका र अभिभावकको सहभागीता रहेको थियोे ।
सहभागीलाई थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित र प्रशासन अधिकृत केशव राज जोशीले लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसाका उदाहरण, विश्वमा लैंगिक हिंसाको परिवेश,यौन शोषण र यौन उत्पीडन, महिला हिंसा, महिला माथि हिंसा बढ्नुको कारण, महिला माथि हुने हिंसाका प्रकार, सामाजिक तथा सांस्कृतिक हिंसामा फरक, महिला हिंसा विरुद्ध न्युनिकरण गर्ने कानुनी व्यवस्था, संस्थागत ब्यवस्था, महिला हिंसा र न्युनिकरणमा रहेका चुनौतीका विषयमा प्रशिक्षण दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन निड्स नेपाल बझाङका थलारा सहजकर्ता पार्वती शाहीले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206