२८ आश्विन २०८१, सोमबार
रायल प्राथमिक स्वास्थ्य चौकी देउरा बझाङ्को एम्बुलेन्स चरेस सहित पक्राउ
धनगढी । कैलालीकाे धनगढीबाट बझाङकाे रायल प्राथमिक स्वास्थ्य चौकी देउराको एम्बुलेन्स चरेस सहित पक्राउ परेकाे छ ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका वडा नम्वर ४ पुरानो यातायात कार्यालय नजिकबाट चरेस सहित एम्बुलेन्स प्रहरीले पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बझाङ् केदारस्यु गा.पा.३ दाप्रु बस्ने बर्ष ३७ को राम ब.खातीले चलाएको सु.प.प्र.०१००१ झ ०५४२ नम्वर एम्बुलेन्स प्रक्राउ गरेकाे हाे ।
एम्बुलेन्सबाट २ के.जि.८०० ग्राम ला.औ.(चरेश) फेला पारी बरामद गरेकाे प्रहरीले जनाएको छ।
एम्बुलेन्श र चालकलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा राखि थप अनुसन्धान भइरहकाे प्रहरीले जनाएकाे छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
1
+1
+1
1
+1