२८ आश्विन २०८१, सोमबार
थलारा गाउँ पालिका स्तरिय राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आज बाट सुरु।
थलारा गाउँ पालिकामा राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता आज बाट सुरु भएको छ ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाक अध्यक्षतामा भएको रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय प्रमुख नर बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियोे । प्रतियोगिता मंसिर २६ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखाले जनाएको छ ।
स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ सञ्चालन हुने प्रतियोगिताका खेलहरु थलारा गाउँ पालिका ९ स्थित मष्टा प्रा बि आम बगर र चक्रेश्वर मा बि मालुमेलाको खेलमैदानमा भैरहेकाछन् ।
गाउँ पालिका खेलकुद बिकास समितिको निर्णय तथा शैक्षिकसत्र २०८० अन्तर्गत राष्ट्रपति रनिङ शिल्ड आयोजना गरिएको थलारा गाउँ पालिका शिक्षा युवा तथा खेलकुद शाखा संयोजक हर्कबहादुर रोकायाले बताउनुभयो ।
प्रतियोगितामा छात्रछात्रा भलिबल र एथलेटिक्स अन्तरगतका खेलहरु हुनेछन् ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय उपप्रमुख कृष्ण बिष्ट,थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती जिल्ला खेलकुद संघका अध्यक्ष पुष्पलाल रोकाया, थलारा गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारी,वडा नम्बर ५ का अध्यक्ष नर बहादुर खाती वडा नम्बर ६ का अध्यक्ष अनिलकुमार बिष्ट, वडा ७ का अध्यक्ष किस्ने सार्की, वडा नम्बर ९ का अध्यक्ष लोकेन्द्र बिष्ट शिक्षा संयोजक हर्क बहादुर रोकाया लगायत अतिथि रहनु भएको थियोे ।
जिल्ला खेलकुद समितिले पौष मसान्तसम्म बझाङका सबै पालिकालाई पालिका स्तरीय प्रतियोगिता सम्पन्न गर्न भनेको छ । त्यसै अनुसार यहाँका स्थानीय तहले पालिका स्तरीय प्रतियोगिताको तयारी गरि रहेका छन ।
स्थानीय तह स्तरीय प्रतियोगिता सम्पन्न भएपछि माघमा जिल्ला स्तरीय रनिङ शिल्ड सञ्चालन हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।