१३ माघ २०८१, आईतवार
![IMG 20231213 145139](https://thalarakhabar.com/wp-content/uploads/2023/12/IMG_20231213_145139.jpg)
सयुक्त बजार अनुगमन टोलीद्वारा थलारा गाउँ पालिकाका स्थानीय बजार अनुगमनमा तिब्रता दुई दिनको अनुगमनमा ५० हजार वराबरको अखाद्य बस्तु बरामद गरि नष्ट
सयुक्त बजार अनुगमन टोलीले थलारा गाउँ पालिकाका स्थानीय बजार अनुगमन तिब्र गरेको छ ।थलारा गाउँ पालिका बजार अनुगमन समिति घरेलु कार्यालय बझाङ र स्थानीय खाध्य अधिकार सञ्जाल थलाराको संयुक्त टोलीले मंगलबार थलाराका स्थानीय बजारको अनुगमनमा तिब्रता दिएको हो ।
टोलीले मंगलबार थलारा गाउँ पालिकाको खोली बजार,झनाना बजार र मोरायल बजारमा अनुगमन गरेकोे थियोे भने बुधबार थलारा गाउँ पालिका वडा नम्बर ६,७,८ र वडा नम्बर ९ को मालुमेला लगायतका बजारमा अनुगमन गरेको हो । दुई दिन गरेको बजार अनुगमनका क्रममा बजारका विभिन्न पशल हरुबाट करिब ५० हजार बराबरको म्याद नागेका बस्तुहरु बरामद गरेको छ ।
स्थानीय बजारमा ब्यापारीहरुले उपभोक्तालाई षडेगलेका र म्याद नागेका खाद्य बस्तु बिक्रीवितरण गरि ठग्ने गरेको र ब्यबसाय दर्ता नगरी सञ्चालन गरिरहेको गुनासो आएपछि बजार अनुगमन गरिएको थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खातीले बताउनु भयो । उनका अनुसार पहिलो पटक ब्यापार ब्यबसायि लाई पशल अनिवार्य दर्ता गर्न, पशलमा साईन्बोर्ड राख्न, मुल्य सुचि टाँस्न,बिल राख्न सुझाव समेत दिईएको छ ।
बजार अनुगमनका क्रममा म्याद नाघेका सुजी,स्वाईबिन,मिठाइ,अण्डा,मसला,सुर्ती,डिउ अबैध मदिरा लगायतका करिब ५० हजार मुल्य बराबरका म्याद नाघेका सामान बरामद गरि प्रहरीको रोहबरमा जलाईएको थलारा उद्योग शाखा प्रमुख कविन्द्र बिष्टले जानकारी दिनु भयो ।
अनुगमन टोलीमा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती, प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित, स्वास्थ शाखा प्रमुख पदम बहादुर ओली, घरेलुु कार्यालय बझाङका कार्यालय प्रमुख खडक बहादुर बोहरा, थलारा गाउँ पालिका उद्योग शाखा प्रमुख कबिन्द्र बिष्ट, कृषि शाखा प्रमुख प्रदिप नेपाली, स्थानीय खाद्य अधिकार सञ्जाल थलारा अध्यक्ष ईन्द्र बहादुर कडायत, ईलाका प्रहरी कार्यालय खोलीका प्रहरी बरिस्ठ हबल्दार कम्मान बहादुर कार्की रेडियो थलाराका स्टेसन म्यानेजर पदम बहादुर खड्का लगायतको सहभागीता रहेको थियोे ।
स्थानीय खाद्य अधिकार सञ्जाल थलाराले सवाल पहिचान गरि स्थानीय बजार अनुगमन गर्न थलारा गाउँ पालिकालाई दवाद दिदै आएको थियोे ।
![IMG 20231212 111812](https://thalarakhabar.com/wp-content/uploads/2023/12/IMG_20231212_111812-1024x768.jpg)
![IMG 20231212 162001](https://thalarakhabar.com/wp-content/uploads/2023/12/IMG_20231212_162001-1024x768.jpg)
![IMG 20231213 173906](https://thalarakhabar.com/wp-content/uploads/2023/12/IMG_20231213_173906-1024x768.jpg)
![IMG 20231213 172644](https://thalarakhabar.com/wp-content/uploads/2023/12/IMG_20231213_172644-1024x768.jpg)