बझाङमा जिप दुर्घटना हुदा १ जना घाईते !

सेयर गरौं

बझाङ:    बझाङमा जिप दुर्घटना भएको छ । जिल्लाको थलारा गाउँपालिका वडा नम्बर ९ कुलाकाट्ने स्थित कच्चि सडक खण्डमा आज बिहान ६ः३० बजेको समयमा सुर्मा गाउँपालिका वडा नं. २ का अन्दाजी २३ वर्षीया आवाज बोहोराले चलाएको सु.प.प्र.०१००१च ३९६५ नं. को जिप ब्रेक फेल भएर सडकबाट अन्दाजी करिव १०० मिटर तल खसेर जिप दुर्घटना भएको हो ।

कुलाकाट्नेबाट झनना तर्फ आउदै गरेको जिप दुर्घटना हुदाँ जम्मा

दुई जना सवार मध्ये १ जना जिप साहुँ ३२ वर्षीया केशब थापाको कम्मर र हातमा चोट लागेर उहाँको अवस्था मध्यम रहेको र उपचारका लागि जिल्ला अस्पताल ल्याईएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाईएको छ । दुर्घटना भएपछि जिप चालकले जानकारी गराउना साथ ३ जनाको प्रहरी टोली खटेर, जिप चालकलाई नियन्त्रणमा लिएर थप अनुशन्धान भईरुहेको प्रहरी जनाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204