बझाङमा अटो दुर्घटना, चालकसहित चार जना घाइते

सेयर गरौं

बझाङः बझाङमा अटो दुर्घटना भएको छ। जिल्लाको केदारस्युँ गाउँपालिकाको सैन्स्युँबाट बागथला बजारतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००१ ह ३९२६ नम्बरको अटो विहिबार साँझ तरपानीस्थित भित्री सडकखण्डमा दुर्घटना भएको हो।

दुर्घटनामा केदारस्युँ–४ का अटो चालक ४८ वर्षीय दीपक भण्डारी, ५४ वर्षीय दिलबहादुर मल्ल, वडा नम्बर ३ का २५ वर्षीय जीवन ओखेडा र ४५ वर्षीय लालबहादुर ओखेडा सामान्य घाइते भएका भएका छन्।

घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचारपछि घर फर्किएको प्रहरीले बताएको छ। अटो अनियन्त्रित भएर दुर्घटना भएको र अटोसहित चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242