लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेविसंघद्धारा विद्युत प्राधिकरणको ध्यानाकर्षण 

सेयर गरौं

बझाङ : बझाङमा विद्युत लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही नगर्न नेपाल विद्यार्थी संघ (नेविसंघ)ले  विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ । आज शुक्रबार नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समिति प्रदेश सभा (ख) ले अलपत्र छोडिएका विद्युतका खम्बा तथा तारहरुलाई समयमै व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरण सव–स्टेसन बाग्थलाको ध्यानाकर्षण गराएको हो । 

बित्थडचिर गाउँपालिकाभित्र विद्युत प्राधिकरणले जडान गरेका बिजुलीका खम्बा तथा तारहरु जताततैमा
मानिस र गाईवस्तुहरुले भेट्नसक्ने अवस्थामा लत्रिएका हुनाले समयमै उक्त तारहरुको व्यवस्थापन भावि दिनहरुमा हुनसक्ने सम्भावित दुर्घटना न्युनिकरण गर्न ध्यानाकर्षण गराएको नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्य समिति प्रदेश सभा ख का सभापती विष्णु अवस्थी बिन्दासले बताउनुभयो ।

पछिल्लो समय बझाङमा विद्युत लाइन विस्तार तथा व्यवस्थापनमा लापरबाही हुँदै आइरहेको स्थानियहरुको भनाई छ । केहिदिन अघि मात्रै केदारस्युँ गाउँपालिकामा एक युवकको करेन्ट लागेर ज्यान गएको थियो । विद्युत प्राधिकरणको लापरबाहीकै कारण युवकले ज्यान गुमाएको भन्दै नेपाल कम्युनिष्ट पार्टिले नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्रको कार्यलयमा तालाबन्दि गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1325