थलारा गाउँपालिका स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न १२ स्वर्णसहित थलारा मा.बि.प्रथम ।

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा जारी स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
गत २६ गतेदेखि थलारा गाउँपालिका ९ स्थित चक्रेश्वर माध्यमिक विद्यालयमा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ सुरु भएको चौथो स्थानीय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सनिवार सम्पन्न भएको हो।

प्रतियोगितामा थलारा माध्यमिक विद्यालय प्रथम भएको छ । १२ स्वर्ण , २ रजत , ४ काश्य हात पार्दै थलारा माध्यमिक विद्यालय प्रथम भएको हो ।
शान्ति माध्यमिक विद्यालय द्वितीय भएको छ । जसमा ४ स्वर्ण , ८ रजत , ३ काश्य हात पारेको छ ।
तृतीय स्थान हासिल गरेको चक्रेश्वर माध्यमिक ४ स्वर्ण , ७ रजत , १ काश्य हात पारेको थलारा गाउँपालिका शिक्षा शाखा प्रमुख हर्कबहादुर रोकायाले बताउनुभएको छ ।
त्यस्तै क्रमशः त्रिभुवन माध्यमिक विद्यालयले ४ स्वर्ण , ४ रजत , ७ काश्य प्राप्त गरेको छ । पूर्णचन्द्रोदय माध्यमिक विद्यालयले २ स्वर्ण , ४ रजत , ५ काश्य पात पारेको छ । शारदा माध्यमिक विद्यालयले २ स्वर्ण , २ रजत ३ काश्य हात पार्न सफल भएको छ । लक्ष्मी माध्यमिक विद्यालयले १ रजत १ काश्य , र भवानी माध्यमिक विद्यालयले १ रजत प्राप्त गरेको छ । प्रतियोगिता पाँच दिनसम्म चलेको छ । प्रतियोगितामा पालिका भरका ८ माध्यमिक विद्यालयले सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 126