१२ माघ २०८१, शनिबार
गाउँ पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड बिजेता थलारा माध्यामिक बिद्यालय खोलीले मनायो बिजय सभा।
थलारा माध्यमिक बिद्यालय खोलीले आईतवार बिजय सभा गरेको छ ।
थलारा गाउँ पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण पदक सहित प्रथम स्थान हासिल गरेको उपलक्ष्यमा आईतवार बिधालयले बिजय सभा गरेको हो ।
मंसिर २६ गतेदेखि ३० गतेसम्म भएको थलारा गाउँ पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका २८ स्वर्ण पदक मध्ये थलारा मा.बि.खोलीले १२ स्वर्ण जित्दै प्रथम स्थान हासिल गरेको थियोे ।
पहिलोपटक थलारा मा.बि.ले ऐतिहासिक जित आफ्नो पोल्टामा पारेको खुसियालीमा र बिजेता खेलाडीलाई सम्मान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।
बिधालय ब्यबस्थापन समिति कार्यवाहक अध्यक्ष राजेश सबखोलीको अध्यक्षतामा भएको कार्यक्रममा बिजेता खेलाडीलाई मेडल प्रमाणपत्र बितरण गर्नुकासाथै सम्मान गरिएको थियोे ।
कार्यक्रममा प्रधानाध्यापक शेर बहादुर चौहानले खेलाडीको अनुसासन, लगनशीलता र अथक प्रयासले बिजेता बन्न सफल भएको भन्दै खेलाडी र प्रतियोगितामा खटिएका शिक्षकलाई धन्यवाद दिनु भयो ।
थलारा मा.बि बाट ३६ जना खेलाडीले प्रतियोगितामा भाग लिएका थिए । कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्बर ५ वडा अध्यक्ष नर बहादुर खातीले खेलाडीलाई प्रोत्साहन गर्न १२ हजार पुरस्कार दिनु भएको थियो ।उनले यस अघि सवै खेलाडीलाई ६० हजार बराबरका जुत्ता समेत उपलब्ध गराउनु भएको थियो ।
कार्यक्रमको सञ्चालन स.प्र. वीर बहादुर कडायतले गर्नु भएको थियोे ।