बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु

सेयर गरौं

कैलाली । बाजुरामा ट्र्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । मृतकमध्ये तीन पुरुष र एक महिला रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर सिंह ऐरीले जानकारी दिए ।

चार जना मृत्यु भएको छ रोडमै पल्टिएको छ ट्याक्टर’, उनले भने, ‘उहाँहरूको घटना स्थलमै मृत्यु भएको हो ।’

बाजुरा सदरमुकाम मार्तडीबाट गौमुल गाउँपालिका गाइरहेको ट्र्याक्टर बडिमालिका नगरपालिका २ भौनेराखडिगाड नजिक दुर्घटना भएको थियो ।

निर्माण सामाग्री लिएर गएको ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242