बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार !

सेयर गरौं

बझाङ:     बझाङमा एक गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ बस्ने ३२ वर्षिया सुनिता थापाको आज सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको हो ।

आइतबार देखि उनलाई सुत्केरी बेथा लागेर जिल्ला अस्पताल ल्याएकोमा सुत्केरी हुन अगाबै अत्याधिक रक्तश्राप हुन थालेपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत पठाइएको जिल्ला अस्पताल बझाङले जनाएको छ । अहिले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको जयपृथ्बी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष सर्जन बहादुर थापाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246