२४ माघ २०८१, बिहीबार

बझाङमा जिप दुर्घटना हुदाँ एक जना घाईते
बझाङमा जिप दुर्घटना हुदाँ चालक घाईते भएका छन् ।
जिल्लाको बझाङ बुंगल न.पा.२ गिरौ सुगर बगर स्थित भित्री कच्चि सडक खण्डमा चलाक बुंगल नगरपालिका १ गोइचन बस्ने हर्क बहादुर बोहराले चलाएको से.१ज. ७९४ नं. जिप स्टाट गरी ब्याग गर्ने क्रममा एक्कासी सडकबाट अ. १०० मिटर तल खसी दुर्घटना हुँदा चालक बोहरा चालक बोहरा घाईते भएका छन् ।
चालक बोहराको टाँउकोमा चोट लागेको र उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र देउरा पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घाइते बोहराको अवस्था मध्यम रहेको छ ।
आज बिहीबार बिहान .०६;३० बजेको समयमा दुर्घटना भएको र स्थानियले जानकारी गराएपछि अस्थायी प्रहरी पोष्ट बिजगडा बाट ३ जनाको प्रहरी टोली घटना स्थलमा खटाएको जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1