२७ आश्विन २०८१, आईतवार
थलारा गाउँ पालिकामा सामुदायिक बिद्यालय संस्थागत कार्यालय हरुको पालिका स्तरीय संयुक्त अनुगमन।
थलारा गाउँ पालिकामा सामुदायिक बिद्यालय संस्थागत कार्यालय हरुको पालिका स्तरीय संयुक्त अनुगमन गरिएको छ ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकाया, उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित ,शिक्षा संयोजक हर्क बहादुर रोकाया र स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली सम्मिलित टोलीले संयुक्त राष्ट्र संघको बिश्व खाद्य कार्यक्रम लागू भएका थलारा गाउँ पालिकाका विभिन्न संस्थाको उपलब्धि र बिकासको अनुगमन गरेको हो ।
बिश्व खाद्य कार्यक्रम WFP ले नेपाल सरकार मार्फत विभिन्न सहयोगी संस्था छनौटगरि बझाङमा बिगत लामो समयदेखि बझाङका सामुदायिक विद्यालय विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ । साईपाल बिकास समितिले दिवा खाजा कार्यक्रम, आई डि एस नेपालले संस्थागत बिधालय योजना तथा सरसफाइ कार्यक्रम र MPBS मर्सिकोर नेपाल र बहुउद्देश्यीय बिकास समाजले बिद्यालयमा बिद्यार्थी लाई तरकारीमा पोशिलो खाना कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
अनुगमन टोलीले बिश्व खाद्य कार्यक्रमको बिद्यालय दिवाखाजा कार्यक्रम सञ्चालन भएका विद्यालयमा बिद्यार्थीको शिक्षाको गुणस्तर बृद्वि तथा सरसफाइ र बिधार्थीलाई प्रोत्साहन गर्नुका साथै बिद्यार्थीमा भएका समस्या पहिचान गरि बिद्यार्थीको स्वास्थ्य, आनिवानिमा आएको परिवर्तन, शिक्षाको अवस्थामा बृद्वि बिकास गर्ने पक्षमा संयुक्त सरोकारवाला पक्ष मिलि संयुक्त अनुगमन गरेको आई.डि.एस.नेपाल थलारा संयोजक शुरेश बहादुर सिंहले जानकारी दिनु भयो ।
बिहिवार सयुक्त अनुगमन टोलीले थलारा गाउँ पालिका वडा नम्बर ५ मा रहेको दुर्गा भवानी आधारभुत बिद्यालय षड्तोलको अनुगमन गरेको हो । अनुगमन टोलीले शिक्षक, अभिभावक र बिद्यार्थी बिच अन्तरक्रिया छलफल र अन्तर्वार्ता लिनुका साथै परियोजनाको प्रगति र सुधारको पक्षमा सुझाव दिएको थियोे ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बिद्यालय स्वास्थमा भएको समस्या पहिचान गरि त्यसको समाधानकालागि सहयोग गर्ने बताउनु भयो । त्यस्तै स्वास्थ शाखा प्रमुख पदम बहादुर ओलीले नियमितआईरन चक्का र ओषधी खुवाउन सुझाव दिनुभयो । उपाध्यक्ष राम बहादुर खातीले संस्थाले बिधालय स्वास्थ्यमा खेलेको भुमिका महत्त्वपूर्ण भएको बताउनु भयो भने शिक्षा संयोजक हर्क बहादुर रोकायाले यो कार्यक्रम थलारा गाउँ पालिकाका ४५ वटै बिधालयमा लागू भएको र महत्त्वपूर्ण भुमिका निभाएको भन्दै सहयोग प्रति धन्यवाद दिनु भयो