विषादि सेबनबाट बझाङमा एक युबकको मृत्यु

सेयर गरौं

बझाङ ।बझाङमा विषादी सेवन गर्दा एक युवकको मृत्यु भएको  छ । जिल्लाको मष्टा गाउँपालिका- ४ घर भई हाल सदरमुकाम चैनपुरमा डेरा गरि बस्ने २२ बर्षिया कलक कठायतको बिषादी सेवनका कारण मृत्यु भएको हो । कठायतको मुसामार्ने बिषादी सेवन बाट मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । आईतबार साँझ साढे आठ बजे तिरि आफ्नै कोठामा मृत अवस्थामा भेटिएपछि मृतकका दाई सुशिल कठायतले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालय बझाङका सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको थियो । मृतक कठायतको शव नजिक कमान्डो जिङ्क र जी सुनामी लेखेको बिषादीको खाली बट्टा भेटिएको सुचना अधिकारी प्रहरी निरिक्षक दिपेश चौधरीले जानकारी दिनुभयो । बिषादी सेवनको कारण खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भैरहेको बझाङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204