पिखेतगी काठेपुनी पर्व आजबाट सुरु ।

सेयर गरौं

पिखेतगी काठेपुनी पर्वकाे आज उद्घाटनगरिएको छ । थलारा गाउँपालिका वडा नम्बर ६ पिखेत गाउँमा रहेको पिखेतगी काठेपुनी पर्वकाे आज एक औपचारिक रुपमा उद्घाटन गरिएको हाे ! त्रिभुवन आधारभुत बिद्यालयकाे आयाेजनामा सञ्चालन भएकाे काठेपुनी पर्वकाे थलारा गाउँपालिकाका अध्यक्ष प्रकाश राेकायले उद्घाटन गर्नुभएको हाे ।

कार्यक्रममा बिशिस्ट अथिती गाउँपालिकाका उपाध्यक्ष राम खाति रहनु भएको थियो, भने साथै नेपाली कांग्रेसका नेता सत्यराज भण्डारी विशिष्ट अथिती रहनु भएको थियो ! उक्त कार्यक्रममा बिद्यालयकाे तर्फबाट बिद्यालयका अध्यक्ष जगदीश राेकायाले पिखेत गाउँमा जन्मनु भएका साेहि बिद्यालयमा आधारभूत गरेका गाउँपालिका अध्यक्ष प्रकाश राेकाया उपाध्यक्ष राम खाती र वडा अध्यक्ष अनिल बिष्ट लाई बिद्यालय परिवारले नागरिक अबिन्नदन गरेको थियो ।

साथै कार्यक्रममा बिद्यालयकाे तर्फबाट विभिन्न नृत्य कार्यक्रम राखेका थिए । साथै उक्त कार्यक्रममा गाउँकाे तर्फबाट स्वागत मन्तव्य साथै गाउँकाे बिकास समस्या सम्भावनाकाे बारेमा शिक्षाक कृष्ण राेकायाले कार्यप्रत साथै स्वागत मन्तव्य राख्नु भएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204