पुस १५ को अवसरमा कैलालीको खुलामञ्चमा बृहत लाईभ देउडा कार्यक्रम आयोजना १ हजारले खेले देउडा

सेयर गरौं

पुस १५ को अवसरमा कैलालीको खुलामञ्चमा बृहत लाईभ देउडा कार्यक्रम आयोजना गरिएको छ । लोकदेउडा प्रर्वधन पश्चिम नेपालको सान । प्रतिभाको खोजी हाम्रो अभियान ।। भन्ने नारा सहित देउडा सस्कृति संरक्षण प्रतिष्ठान को आयोजनामा १ हजार ब्यक्ति सहभागी बृहत लाईभ देउडा कार्यक्रम गरिएको हो ।
सुदुर पश्चिम प्रदेश प्रमुख देवराज जोशीले कार्यक्रमको उद्घाटन गर्नु भएको हो । कार्यक्रम लाई सम्बोधन गर्दै प्रदेश प्रमुख जोशीले देउडा खेल्न जाने पनि नजाने पनि यो एकदमै लोकपृय रहेको छ र लोकपृयता अझै बढ्दै गएको बताउनु भयो ।साथै उहाले देउडा सस्कृत जोगाउन भुमिका खेल्ने सर्जक श्रष्टा प्रति धन्यवाद दिदै पुस १५ को शुभकामना समेत ब्यक्त गर्नु भयो । कार्यक्रममा धनगढी उपमहानगरपालिका भित्रका १५ वटा निजी बिधालयका शिक्षक बिद्यार्थी र सर्वसाधारण हरुको सहभागीता रहेको थियोे । उनिहरुले खुलामञ्चमा १ हजारको घेरामा लाईभ देउडा खेल खेलेका हुन ।
आफ्नो संस्कृति प्रति किशोर किशोरी युवा युवती बृद्व बृद्वा सवै प्रतिबद्व छन भन्ने देखाउन र देउडा सस्कृतिको प्रबर्द्धन गर्न कार्यक्रमको आयोजना गरिएको देउडा सस्कृति संरक्षण प्रतिष्ठानका संरक्षक तथा बरिस्ठ देउडा गायक नरेन्द्र राज रेग्मीले बताउनु भयो ।
देउडा सस्कृति संरक्षण प्रतिष्ठानका अध्यक्ष ध्रुव बहादुर सिंहको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
पुस पन्ध्र लाई सुदुर पश्चिमा महत्त्वपूर्ण पर्वका रुपमा मनाउने गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 241