२४ माघ २०८१, बिहीबार

भैरबनाथ स्वास्थ्यचाैकी प्रमुख मल्ल मृत भेटिए ।
बझाङमा एकजना मृत फेला परेका छन । जिल्लाकाे केदारस्युँ गाउँपालिका १ रायलका ४३ बर्षिय महेन्द्र मल्ल मृत फेला परेका हुन । सोमबारदेखि बेपत्ता भएका मल्ल मंगलबार साँझ केदारस्युँ गाउँपालिका १ गर्जेपानी स्थित सेती नदिकाे बीच भाग पानिमा घाेप्टाे परेकाे अवस्थामा उनकाे शव फेला परेकाे जिल्ला प्रहरी कार्लयका प्रहरि निरीक्षक दिपेश चाैधरीले जानकारी दिनुभएकाे छ । मल्ल केदारस्युँ गाउँपालिका ९ झाेतामा रहेकाे भैरवनाथ स्वास्थ्यचाैकी प्रमुख तथा अ.हे.ब पदमा कार्यरत थिए । अहिले घटनाकाे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1