२४ माघ २०८१, बिहीबार

उपभोक्ताको सहजताका लागि थलारा गाउँ पालिकाले वडामा गएर योजनाका सम्झौता गर्दै
थलारा गाउँ पालिकाले वडामा गएर योजनाका सम्झौता गर्न थालेको छ । पालिकाले आर्थिक वर्ष २०८०/०८१ मा पालिकावाट बिनियोजन गरिएका योजना हरुको वडामा गएर सम्झौता गर्न थालेको हो ।
गाउँ पालिकामा गएर सम्झौता गर्दा उपभोक्ता समुहको समय र रुपैयाँ बचत होस बढी खर्च बिना योजना सम्पन्न गर्न सजिलो होस् भनेर वडामा गएर सम्झौता गर्न थालेको हो ।
गाउँ पालिकामा सम्झौता गर्दा उपभोक्ता समितिको धेरै समय र पैसा खर्च हुने खर्च बढी भएपछि योजान सम्पन्न गर्न कठिन हुन थाल्यो उपभोक्ताको सहजताका लागि यो वर्ष देखि प्रशासकीय अधिकृतको नेतृत्वको टिम नै वडा कार्यालय जाने र योजनाका सम्झौता गर्न थालेको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनु भयो ।
जनतालाई कसरी सर्वसुलभ सेवा दिन सकिन्छ भन्नेमा आफु चिन्तित रहेको अध्यक्ष रोकायाको भनाइ छ ।वडा नम्बर १,२ र ४ का सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिलाई सामाजिक सुरक्षा भत्ता बुझ्न कठिनाइ भएको छ बितरण प्रक्रिया सहज बनाउन वडा नम्बर ४ को महेन्द्रधारमा शाखा रहित बैंक स्थापना गर्ने पहल भइरहेको पनि गाउँपालिका अध्यक्ष प्रकाश रोकायाले वताउनु भयो ।
उपभोक्ता सचेती करण,भुक्तानी प्रक्रियालाई सहजिकरण र निर्माण तथा योजनामा उपभोक्ताको सक्रिय सहभागीता गराउने उद्देश्यले यस वर्ष देखि वडामा नै गएर योजनाका सम्झौता गर्न थालिएको प्रशासन अधिकृत केशवराज जोशीले बताउनुभयो ।
उनका अनुसार प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितको नेतृत्वमा प्राबिधिक शाखा रोजगार शाखा लगायत अन्य शाखाका कर्मचारी वडामा गईरहेकाछन । अहिलेसम्म वडा नम्बर १,२ र ३ वडामा सम्झौता गर्ने कार्य भैसकेको छ भने अन्य वडामा केही दिन भित्र गरिने छ ।
बिशेश गरि गाउँ पालिकाका वडा नम्बर १,२,३,४ र ९ का उपभोक्ताहरलाई सम्झौता गर्न पालिका जानू पर्दा एक पटकमा एक ब्यक्तिको कम्तीमा हजार रुपैयाँ भाडामा मात्रै खर्च हुने गरेको थियोे । सम्झौता गर्न जादा अध्यक्ष सचिव र कोषाध्यक्ष जानू पर्ने कहिले कागजात नमिल्दा सम्झौता नभएर फर्किने गर्थे अब त्यो समस्याको समेत समाधान भएको वडा नम्बर ९ का वडा अध्यक्ष लोकेन्द्र बिष्टको भनाइ छ ।