७ माघ २०८१, सोमबार
थलारा साना किसान कृषि सहकारी संस्थाको आठौं साधारणसभा आज वाट सुरु ।
थलारा गाउँ पालिका वडा नम्बर ३ र ४ स्थित थलारा साना किसान कृषि सहकारी संस्थाको आठौं साधारणसभा आज वाट सुरु भएको छ । थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले साधारण सभाको उद्घाटन गर्नु भएको हो ।
सहकारी संस्थाकि अध्यक्ष मेनका साउदको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती बिशेष अतिथि ,वडा नम्बर ३ का वडा अध्यक्ष प्रकाश भण्डारी वडा नम्बर ४ का अध्यक्ष रामचन्द्र जोशी लगायत बिशिस्ट अतिथि रहनु भएको थियो । शिक्षक मदन साउदले सञ्चालन गर्नु भएको कार्यक्रममा प्रबन्धक मदन बोकटिले आर्षिक प्रतिबेदन प्रतुत गर्नु भएको थियोे । सहकारी संस्थामा ७ सय २७ साधारण सदस्य र १ करोड ११ लाख पुजी रहेको छ ।
वडा नम्बर ४ को महेन्द्रधारमा शनिबार उद्घाटन गरिएको साधारण सभा आईतवार देवल बाझ र सोमबार दिपिलमा गरि समापन हुने सहकारीका प्रबन्धक मदन बोकटीले बताउनुभयो ।