१७ कार्तिक २०८१, शनिबार
थलारा गाउँ पालिका पशु सेवा शाखाले बाख्रामा लाग्ने पिपिआर बिरुद्वको खोप लगाउदै ।
थलारा गाउँ पालिका पशु सेवा शाखाले बाख्रामा लाग्ने पिपिआर बिरुद्वको खोप लगाएको छ । थलारा गाउँ पालिका पशु सेवा शाखा र जिल्ला अस्पताल पशु सेवा बिज्ञ केन्द्रको साझेदारीमा पालिका ९ वटै वडाका बाख्रालाई पिपिआर भ्याक्सिन लगाएको हो ।
पिपिआर बाख्रामा लाग्ने एक भाईरल रोग हो । यो रोग फैलिएपछि नियन्त्रण गर्न कठिन हुन्छ ।त्यस्तो रोग न फैलियोस भनेर पालिकाका सवै वडामा गएर बाख्रा लाई पिपिआर खोप दिई रहेको थलारा गाउँ पालिका पशु सेवा शाखा प्रमुख दिनेश भट्टले बताउनु भयो ।
उनका अनुसार जिल्ला अस्पताल पशु सेवा बिज्ञ केन्द्र ले ६ हजार भायल पिपिआर बिरुद्धको खोप उपलब्ध गराएको थियो ।अहिलेसम्म थलारा गाउँ पालिका वडा नम्बर १,२,३,४ र ८ का ३३ सय ४० बाख्रामा खोप लगाई सकिएको छ भने वडा नम्बर ५,६ र ९ मा खोप दिने क्रम जारी छ । बुधबार वडा नम्बर ९ मा बाख्रा लाई खोप दिने कार्यक्रम रहेको छ । खोप लगाउने कार्यक्रमलाई सहयोग गरिदिन सवै ९ नम्बर बासि कृषक लाई उनुरोध समेत गरेको छ ।