थलारा गाउँ पालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक लाई बितरण गर्यो न्यानो कम्मल

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ३ ले जेष्ठ नागरिक लाई न्यानो कम्मल बितरण गरेको छ । आर्थिक वर्ष २०८०/०८१ को जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तरगत ८० वर्ष भन्दा माथिका २२ जना जेष्ठ नागरिक लाई न्यानो कम्मल बितरण गरेको हो ।
चिसो मौसममा जेष्ठ नागरिक लाई समस्या नहोस भनेर मंगलबार एक कार्यक्रम बिच ८० वर्ष भन्दा माथिका २२ जना जेष्ठ नागरिक लाई ४५ हजार बराबरका फाईवरका बल्याङकेट र एक एक वटा न्यानो टोपी बितरण गरिएको वडा अध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनु भयो ।
चिसो समयमा न्यानो कपडा पाएपछि वडा नम्बर ३ का जेष्ठ नागरिक खुसी भएकाछन् ।

1704870078843 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1242