थलारा गाउँ पालिकामा क्रियाकलापमा आधारित सिकाई परियोजना हस्तान्तरण कार्यक्रम सम्पन्न ।

सेयर गरौं

थलारा गाउँ पालिकामा आज क्रियाकलापमा आधारित सिकाई परियोजना हस्तान्तरण कार्यक्रम गरिएको छ ।प्रगतिशील युवा समाजको आयोजनामा र युएमएन बझाङको सहयोगमा थलारा गाउँ पालिकामा सञ्चालित क्रियाकलापमा आधारित सिकाई परियोजनाको गाउँ पालिकालाई हस्तान्तरण कार्यक्रम गरिएको हो ।
युएमएन प्रगतिशील युवा समाजको आर्थिक सहयोगमा सञ्चालन भई रहेको क्रियाकलापमा आधारित सिकाई परियोजनाको कार्य अबधि सकिएसंगै हस्तान्तरण कार्यक्रम गरिएको हो । संस्थाले थलारा गाउँ पालिकाको शैक्षिक गुणस्तर अभिबृद्विका लागि ३८ वटा सामुदायिक बिधालयक‍ो आधारभूत तहमा शिक्षकलाई तालिम,कक्षा कोठाको बसाइँ ब्यबस्थापन शैक्षिक सामाग्री उपलब्ध गराउने कार्य गर्दै आएको थियोे ।
प्रगतिशील युवा समाजका सहसचिव प्रबिन्द धामीको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकाया प्रमुख अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा बोल्दै अध्यक्ष रोकायाले सिकाई परियोजनाले थलारा गाउँ पालिकाको शैक्षिक सुधारका लागि गरेको क्रियाकलाप योगदानको रुपमा रहि रहने बताउदै क्रियाकलाप हस्तान्तरणले चुनौती र जिम्मेवारी थपेको धारणा राख्नु भयो ।
युएमएनका बझाङ कलस्टर टिम लिडर मोहन चन्द्र भण्डारीले सिकाई परियोजनाले थलारा गाउँ पालिकामा ३ बर्ष काम गरेको र समयावधि सकिएसगै यसले गरेका क्रियाकलाप पालिका जिम्मेवारीका रुपमा हस्तान्तरण गरेको बताउदै पालिकाले यसलाई निरन्तरता दिनेमा आासाबादी रहेको धारणा ब्यक्त गर्नु भयो ।
कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती,९ वटै वडाका वडा अध्यक्ष प्रमुख प्रशासकीय अधिकृत सिद्ध राज पण्डित युएमएनका पाण्डव रसाइली प्रगतिशील युवा समाज कार्यक्रम निर्देशक लबराज जोशी लगायत अतिथि रहनु भएको थियोे ।
कार्यक्रममा थलारा गाउँ पालिका बिषयगत शाखा प्रमुखहरु सिकई परियोजना सञ्चालन भएका बिधालयका प्रधानाध्यापक सिकाई परियोजनामा कार्यरत कर्मचारी पत्रकार लगायतको सहभागीता रहेको थियोे । सहभागी हरुलले कार्यक्रमलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा प्रगतिशील युवा समाजका तर्फबाट थलारा गाउँ पालिकालाई सिकई परियोजनाको कार्यपत्र कदरपत्र हस्तान्तरण गरिएको थियोे भने थलारा गाउँ पालिकाले संस्थालाई सम्मान गरेको थियो ।
कार्यक्रम सिकाई परियोजनाका कार्यक्रम अधिकृत राजेन्द्र खड्काको सञ्चालनमा भएको थियोे ।कार्यक्रममा संस्थाले परियोजनामा सहयोग गर्ने संघ संस्था र ब्यक्तिलाई पनि कदर पत्र बितरण समेत गरेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206