२८ आश्विन २०८१, सोमबार
चन्दा संकलन गरि लाटा बेताल लांगा मन्दिर निर्माण गर्दै थलारा ४ बिच डिख्लाका पहिरो पिडित
थलारा गाउँपालिका ४ मा रहेको लाटा बेताल लांगा मन्दिर निर्माण कार्य सुरु भएको छ । २०७८ सालको कार्तिकको बेमौसमी वर्षासँगै गएको पहिरोले पूर्णरूपमा क्षति भएको बिच डिख्लाको लाटा बेताल लांगा मन्दिरको निर्माणकार्य सुरु भएको हो । पहिरोले मन्दिरमा पूर्ण क्षति पुर्याउनुका साथै मन्दिर रहेको ठाउँ नै जोखिमपूर्ण भए पछि स्थानीयहरुकै लगानीमा सुरक्षि स्थलमा मन्दिर निर्माणको कार्य सुरु भएको हो ।
मन्दिर निर्माण समितिका अध्यक्ष दिपेन्द्र बि सि का अनुसार मन्दिर निर्माणका लागि स्थानीय प्रताप बहादुर (डिख्ली) बिष्ट र पाउनी देवी डिख्ली (बिष्ट)का छोरा नाती पनातीहरूले नावाघरमा रहेको डेढ लाख बराबर मुल्य पर्ने जग्गा मन्दिर निर्माणका लागि सहयोग स्वरुप दान गरेकाछन भने लाटा बेताल लांगा देवता पुज्ने ९० दलित परिवाहरुबाट चन्दा संकलन भईरहेको छ।
मन्दिर निर्माणमा करिब १५ लाख लागत लाग्ने अनुमान गरिएको छ , उनलेे भने हामीले प्रति परिवार तीन किस्तामा १०/१० हजार चन्दा उठाउने निर्णय गरेका छौ । त्यतिले डिजाइन अनुसारको मन्दिर बन्न कठिन छ । स्थानीय सरकार साथै देश बिदेशमा रहेका श्रद्वालु दाजुभाइलाई समेत सहयोगका लागि अपिल गरेका छौ ।
अहिलेसम्म मन्दिर निर्माणका लागि ३ लाख चन्दा सहयोग जुटेको छ । उक्त रकमले मन्दिरको जग बसाल्ने कार्य भै रहेको छ ।
२०७८ साल असोज २९ गतेदेखि कार्तिक ३ गतेसम्म परेको अबिर बेमौसमी बर्षाले थलारा गाउँ पालिका वडा नम्बर ४ को डिख्लामा ठूलो पहिरो गएको थियो ।पहिरोमा परि २३ जनाको ज्यान गएको थियो भने ८ घर लगायत लाटा बेताल लांगा मन्दिर लगायतका थुप्रै संरचना भत्किएका थिए । सरकारका संघीय सरकारका उपप्रधानमन्त्री गृहमन्त्री प्रदेशका मुख्य मन्त्री सम्मले उक्त ठाउँको स्थलगत भ्रमण गरि भत्किएका संरचना पुनर्निर्माण गर्ने भने पनि पहिरो पिडितले अझै रकम नपाएको वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र जोशीले बताउनु भयो ।