थलारा गाउँपालिकाको १२ अौ गाउँ सभा (हिउँदे अधिबेशन ) सम्पन्न

सेयर गरौं

थलारा गाउँपालिकाको १२ अौ गाउँ सभा (हिउँदे अधिबेशन ) सम्पन्न भएको छ । शुक्रबार गाउँपालिकाको  सभा हलमा भब्यताका साथ नबौ हिउँदे अधिबेशन सम्पन्न गरेको हो । पालिकाले आ .ब २०८०/०८१ मा संचालन गरेका बिकास निर्माणका गतिविधिको सार्बजनिक गर्दै भौतिक प्रगति बारे समिक्षा गरिएको थियो।  जनप्रतिनिधि र कर्मचारीले नागरिकलाई  सुशासनको प्रत्याभूत गराउन र समुन्नत गाउँपालिका बनाउन पुरै टिम बिच सहकार्य र समन्वयको आवश्यकता रहेको सभा अध्यक्ष प्रकाश बहादुर रोकायाले बताउ भयो ।

हिउँदे गाउँ सभाले स्वास्थ्य ऐन संशोधन, मर्मत सम्भार कोष स्थापना बिधेक र महालेखा परिक्षकले दिएका सुझाब अनुमोदन लगायतका ऐन, कानून तथा कार्यविधिहरु यस हिउँदे गाउँसभाले पास गरेको थलारा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले बताउनु। गाउँपालिकाको चालू आर्थिक वर्षक‍ो मध्यकालिन आर्थिक प्रगति विवरण पेश गर्दै उपाध्यक्ष राम बहादुर खातीले योजनाको भुक्तानी ,खर्च बारे प्रकाश पार्नुभएको थियोे ।
बझाङका १२ वटा स्थानीय तहमध्ये थलारा गाउँपालिका हिउँदे गाउँसभा गर्नेमा दोस्रो गाउँपालिका भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159