१७ कार्तिक २०८१, शनिबार
थलारा गाउँ पालिकामा ब्यक्तिगत घटना दर्ता स्वास्थ्य, सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि अौपचारिक- अनौपचारिक सम्बन्ध विषयमा एक दिने पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न ।
थलारा गाउँ पालिकामा ब्यक्तिगत घटना दर्ता स्वास्थ्य, सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि अौपचारिक- अनौपचारिक सम्बन्ध विषयमा एक दिने पालिका स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
सुदुरपश्चिममा बालबिबाह न्युनिकरण परियोजना निड्स नेपालको आयोजनामा र युनिसेफको आर्थिक साझेदारीमा ब्यक्तिगत घटना दर्ता स्वास्थ्य, सामाजिक संरक्षण तथा बाल संरक्षणका लागि अौपचारिक- अनौपचारिक सम्बन्ध विषयमा एक दिने पालिका स्तरीय अभिमुखिकरणकार्यक्रम सम्पन्न भएको हो ।
ब्यक्तिगत घटना दर्ता र समाजिक सुरक्षामा तथा बालसंरक्षणमा सहयोग पुर्याउने उदेश्यले अभिमुखिकरण गरिएको हो ।
थलारा गाउँ पालिका अध्यक्ष प्रकाश बहादुर रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा ब्रथिङ सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी ,महिला स्वयंसेविका, वडा नम्बर ५ र २ का वडा सचिव, धामीझाँक्री ज्योतिष लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा ब्यक्तिगत घटना दर्ता किन गर्ने,ब्यक्तिगत घटना दर्ता प्रक्रिया र ब्यक्तिगत घटना दर्ताका फाइदा र सामाजिक संरक्षण र बालसंरक्षण लगायतका बिषयमा छलफल गरिएको थियोे ।
निड्स नेपाल थलारा सहजकर्ता पार्वती शाही को सञ्चालन रहेको कार्यक्रममा थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित,स्वास्थ्य शाखा प्रमुख पदम बहादुर ओली,थलारा गाउँ पालिका सुचना अधिकृत प्रकाश भण्डारी, निड्स नेपालकि बाल संरक्षण तथा अनुगमन अधिकृत सुनिता अछामि लगायत अतिथि रहनु भएको थियोे ।