उतराईनि मेलाको अवसरमा थलारा गाउँ पालिका वडा नम्बर ३ ले वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र डेउडा कार्यक्रम गर्ने ।

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ३ ले उतराईनि मेलाको अवसरमा वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता र डेउडा कार्यक्रमको आयोजना गरेको छ । वडाले आज एक सुचना जारी गरि परम्परा देखि मनाउँदै आएको उत्ररायणि मेलाको अवसरमा वडा स्तरीय पुरु भलिबल प्रतियोगिता र डेउडा कार्यक्रम आयोजना गरिएको जनाएको हो ।
वडाको सुचना अनुसार कार्यक्रम माघ २ गते १२ बजे उद्घाटन गरिनेछ । वडा स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम पुरस्कार २१ हजार मेडल प्रमाणपत्र , द्वितीय पुरस्कार १५ हजार मेडल प्रमाणपत्र तृतीय पुरस्कार १० हजार मेडल प्रमाणपत्र राखिएको छ । टिम दर्ता शुल्क २५ सय छद भने टिम दर्ता माघ १ र २ गते १२ बजे समयावधि राखिएको वडा अध्यक्ष प्रकाश भण्डारीले बताउनु भएको छ । उनका अनुसार डेउडा कार्यक्रमका लागि केसरी बोहरा बझाङ मनिसा धामी बैतडी कमल सिह धामि राम सिङ धामी लगायत स्थानीय कलाकार लाईआमन्त्रण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 147