थलारा गाउँ पालिका वडा नम्बर ५ खुलमका राजेन्द्र पाध्याको उपचारका लागि आर्थिक सहयोगको अपिल

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ५ खुलमका
राजेन्द्र पाध्याको उपचारका लागि सहयोगको अपिल गरिएको छ ।राजेन्द्र उपाध्या बचाउ अभियान अन्तरगत देश तथा बिदेश रहनु भएका सवै नेपाली दाजुभाइ दिदिबहिनीमा सहयोग गरि दिन अपिल गरिएको हो । बझाङ जिल्ला थलारा गाउँपालिका ५ खुलम निबासी रघुनाथ पाध्याका छोरा बर्ष १६ का राजेंद्र पाध्याको बिगत १ बर्ष देखि बीमारी भै कम्मर भन्दा तलको शरिर नचल्ने भए पछि थला परेका छन ।अरुको सहारा बिना बाहिर भित्र आउन जान पनि न सक्ने हुँदा अहिले स्पाइनल इन्जुरी पुनर्स्थापना केन्द्र भैसेपाटि साखा काभ्रेमा उपचार भई रहेको छ । उपचारमा संलग्न डाक्टरको भनाइमा उपचार मा लामो समय लाग्ने र खर्च पनि ६/७ लख लाग्ने भएको छ । आफुसंग भयको नगद जिन्सि लगायत ऋण गरेर बिगत एक बर्ष देखि विभिन्न ठाउमा उपचार गराउने क्रममा ठूलो खर्च भै सकेकाले अब काठमाडौं मा लामो समय बसेर उपचार गराउन आर्थिक अबस्थाले धान्न नसकिने भएकाे हुदा सहयोग को लागि अपिल गरिएको उनका बुबा रघुनाथ पाध्याले बताउनु भएको छ।
राजेन्द्र पाध्याको उपचारका लागि अहिले उनका आफन्तले आर्थिक सहयोगको अभियान चलाएका छन । उपचारका लागि सहयोग गर्न चाहाने ब्यक्तिले नेपाल को लागि कुमारी बैंकमा रहेको Raghunath paddhya को खाता नम्बर 1840102702400001 स्क्यानर मा स्क्या गर्न आग्रह गरिएको छ भने भारतका लागि धन राज भट्ट को फोन नम्बर 7290907963 मा फोन पे गर्न अनुरोध गरिएको छ।
तपाईं हरुको सानो सहयोगले पिडित लाई धेरै ठूलो सहयोग हुने छ अपिलमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
पदम खड्का
पदम खड्का
Articles: 126