२४ माघ २०८१, बिहीबार

थलारा गाउँ पालिका वडा नम्बर ३ ले उत्रायणि मेलाको अवसरमा आयोजना गरेको पुरुष भलिवल प्रतियोगिता र देउडा कार्यक्रमको दोस्रो दिन पुरुष भलिबल तर्फ ५ खेल भए ।
थलारा गाउँ पालिका वडा नम्बर ३ ले उत्रायणि मेलाको अवसरमा आयोजना गरेको पुरुष भलिवल प्रतियोगिता र देउडा कार्यक्रममा आज पुरुष भलिबल तर्फ ५ खेल भएकाछन । कार्यक्रमको दोस्रो दिन आज भलिबल तर्फ पहिलो खेल थलारा २ र आयोजक बिच भएको थियो जसमा थलारा २ बिजयी भएको छ । दोस्रो खेल थलारा ८ र थलारा १ बिच हुदा थलारा १ ले जित हासिल गरेको छ ।
प्रतियोगिताको तेस्रो खेल टिएमसि थलारा र थलारा ७ बीच भएको थियो जसमा टिएमसि थलारा बिजयि भएको छ । चौथो खेल शान्ति मा बि र थलारा ९ बिच भएकोमा शान्ति मा बिदबिजयि भएको छ । आजको अन्तिम खेल आयोजक वि र थलारा २ बि बिच भएकोमा थलारा २ बि बजयि भएको छ
प्रतियोगितामा पुरुष भलिवल प्रतियोगिताका लागि १० वटा टिम दर्ता भएकाछन । भलिबल खेलसंगै आज देउडा कार्यक्रम पनि भएको छ आज केसरी बोहरा जनपा बझाङ मनिसा धामी बैतडी कृष्ण रतुकि बैतडि सत्य राज धामी केदारस्यु विच देउडा भएको आयोजकले जनाएका छन ।
मंगलबार थलारा गाउँ पालिका वडा नम्बर ३ का अध्यक्ष प्रकाश भण्डारीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रम प्रमुख अतिथि थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले उद्घाटन गर्नु भएको थियोे ।