बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन

सेयर गरौं

बाजुरा:  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष मैना जोशीको निधन भएको छ।

५० वर्षीया जोशी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। पछिल्लो केही समययता उनको उपचार जारी रहेको थियो। उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले बताएको छ।

२०७९ को स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट गाउँपालिका उपाध्यक्ष निर्वाचित भएकी थिइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246