१९ आश्विन २०८१, शनिबार
दिवा खाजा ब्यबस्थापनका लागि मर्सिकोर नेपालले कृषकलाई बितरण गर्यो कृषि सामाग्री ।
थलारा गाउँ पालिकामा कृर्षक हरुलाई कृषि तरकारीको बीउ र कृषि सामाग्री बितरण गरिएको हो ।
मर्सिकोर नेपाल को आर्थिक तथा प्राविधिक सहयोग र बहुउद्देश्यीय बिकास समाज MPDS को आयोजनामा संचालित स्थानीय उत्पादनमा आधारित बिधालय दिवा खाजामा सहयोग गरि रहेका ९ जना किसानलाई कृषि सामाग्री बितरण गरिएको हो ।
स्वच्छ सफा तरकारीको उत्पादन बढाउन र कार्यक्रमलाई प्रभावकारी बनाउन कृर्षकलाई कृषि सामाग्री बितरण गरिएको बहुउद्देश्यीय बिकास समाज mpds का कार्यक्रम संयोजक शिव राज उपाध्यायले बताउनु भयो ।
उनका अनुसार गार्डन् पाइप, स्प्रे, हजारी,प्लास्टिक ड्रम, स्प्रिङ कलर,सिकेचर,दाते कुटो कोदालो लगायतका कृषि सामाग्री र तरकारीको बीउ गरि प्रति किसान १२ हजार ९ सय ५० वरावरका सामाग्री बितरण गरिएको हो ।
कृषि सामग्री बितरण कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले सामाग्री बिधालय दिवा खाजा कार्यक्रमलाई प्रभावकारी बनाउन बितरण गरिएकाले यसको दुरुपयोग नगरी प्रभावकारी ढंगले प्रयोगमा ल्याउन र आम्दानीको माध्यम बनाउन भन्नुभयो ।
सामाग्री बितरण कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित वडा नम्बर ५ का वडा अध्यक्ष नर बहादुर खाती स्वास्थ शाखा प्रमुख पदम बहादुर ओली शिक्षा शाखा सहायक राईभान ओली कृषि शाखा प्रमुख प्रदिप नेपाली mpdsका कार्यक्षेत्र अधिकृत पवन खाती लगायतको उपस्थिति रहेको थियो ।
MPDS र मर्सिकोरले बझाङका १२ वटै पालिकामा बिधालय दिवा खाजा कार्यक्रममा पोषिलो खानाको क्षेत्रमा काम गर्दै आएको छ । थलारा गाउँ पालिका, बित्थड चिर गाउँ पालिका केदारस्यु गाउँ पालिका खप्तड छान्ना गाउँ पालिका र जयपृथ्बी नगर पालिकामा स्वच्छ सफा तरकारी उत्पादन गर्न भनी थलारा गाउँ पालिका सहित पाच वटा पालिकाका ५५ जना किसानलाई कृषि सामग्री र तरकारीको बीउ बितरण गरिएको कार्यक्रम उपाध्यायले बताउनु भयो ।