भिरबाट लडेर बझाङमा एक महिलाको मृत्यु

सेयर गरौं

बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका-१ भण्डारकी ३० बर्षिया महिला सरिता रोकायाको भिरबाट लडेर मृत्यु भएको हो ।

आज दिउँसो ४ : ४५ बजेको समयमा रोकाया घर नजिकै रहेको भिनटा भिरमा घाँस काट्ने क्रममा लडेर ५०० मिटर तल खसि घाईते भएकि र उपचारको लागि जिल्ला अस्पताल बझाङमा ल्याई चेक जाँच गराउँदा डाक्टरले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

मृतक रोकायाको लास पोस्टमार्टमका लागि जिल्ला अस्पतालको लास घरमा राखिएको । सुचना अधिकारी दिपेश चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
संवाददाता
संवाददाता
Articles: 1204