शैक्षिक सुधारका लागि थलारा गाउँ पालिकाले नयाँ पहल चाल्दै

सेयर गरौं

शैक्षिक सुधारका लागि थलारा गाउँ पालिकाले नयाँ पहल चालेको छ । बिधालयको आर्थिक ब्यबस्थापन,दरबन्दी मिलान,बिधालय समायोजन र कक्षा थपघट गर्ने गरि शैक्षिक सुधारको लागि योजना अघि सारेको हो ।
सरकारले सामुदायिक बिधालयमा ठूलो लगानी गर्दा पनि शैक्षिक गुणस्तरमा सकारात्मक परिणाम दिन नसकेको भन्दै गाउँ पालिकाले शैक्षिक सुधारको योजना अघि सारेको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले बताउनु भयो ।
गाउँ पालिकाले गत आर्थिक बर्ष देखि नै शैक्षिक सुधारका लागि थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाको अध्यक्षतामा मुल कार्यदल गठन गरेको थियोे । अहिले दुईवटा उप कार्यदल गठन गरेको छ ।कार्यदलले पालिका भित्रका सवै सामुदायिक बिधालयमा गएर सरोकारवाला संग छलफल गरि प्रतिबेदन तयार गरि शैक्षिक सुधारका लागि सुझाव पेस गर्ने छ । गाउँ पालिकाले माघ ९ गतेदेखि फागुन ९ गतेसम्म दुई समूह बनाई पालिका भरिका सबै सामुदायिक बिधालयको अनुगमन गर्ने थलारा गाउँ पालिका प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले बताउनु भयो ।उनका अनुसार अनुगमन टोलीले प्रतेक बिधालयका शिक्षक, बिधालय ब्यबस्थापन समिति,शिक्षक अभिभावक संघ,बालकलबका प्रतिनिधि,बडापालिका, वडामा रहेका राजनीतिक दल,समाज सेवी, बुद्धिजीवी, शिक्षा प्रेमी र आम अभिभावक संग बिधालय ब्यबस्थापन, दरबन्दी मिलान,बिधालय समायोजन र कक्षा थपघट गर्ने गरि छलफल गर्नेछ । कार्य दलमा शिक्षक महासंघका प्रतिनिधि समेत समाबेश गरिएका छन ।
थलारा गाउँ पालिकामा ८ माध्यमिक बिधालय र ३४ आधारभूत बिधालय गरि ४२ सामुदायिक बिधालय रहेकाछन । कतिपय बिधालयमा बिधार्थी संख्या एकदमै न्युन रहेपनि शिक्षकको संख्या बढी छ भने कतिपय बिधालयमा बिधार्थीको अनुपातमा शिक्षक संख्या पुगेको छैन । लामो समय देखि एउटै शिक्षक एउटै बिधालयमा रहदा शिक्षकले आफ्नो जिम्मेवारी भुल्दै गएकाछन् जसका कारण सामुदायिक बिधालयमा बिधार्थी भर्ना दर घट्नुका साथै शैक्षिक गुणस्तर खस्किदै गएको छ ।अभिभावकले पनि बिधालय प्रतिको आफ्नो दायित्व निभाउन सकेका छैनन यो अभियानले सबैलाई जिम्मेवारी बोध गराउने र सकारात्मक परिणाम निकाल्न मद्दत गर्ने प्रमुख प्रशासकीय अधिकृत पण्डितले बताउनु भयो

IMG 20240121 162707
Exif_JPEG_420
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
5
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 269