१७ कार्तिक २०८१, शनिबार
थलारा गाउँ पालिका ८ मा सुन्तला जात फलफूल बगैंचा पुनःस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम अभिमुखिकरण गोष्ठी सम्पन्न ।
थलारा गाउँ पालिकामा सुन्तला जात फलफूल बगैंचा पुनस्तापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रम अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
बालिसंरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुर, कृषि ज्ञानकेन्द्र बझाङ र थलारा गाउँ पालिका कृषि शाखाको संयुक्त आयोजनामा वडा नम्बर ८ मा सुन्तला खेती गरि रहेका किसानहरु संग सुन्तला जात फलफूल बगैंचा पुनस्तापना तथा ह्रास रोग नियन्त्रण लागि अभिमुखिकरण गरेको हो ।
बालि संरक्षण प्रयोगशाला सुन्दरपुर कञ्चनपुरका निमित्त कार्यालय प्रमुख भक्त बहादुर पानको अध्यक्षतामा भएको कार्यक्रममा थलारा गाउँ पालिका वडा नम्बर ८ का अध्यक्ष टिकाराज जोशी प्रमुख अतिथि र कृषि ज्ञानकेन्द्र बझाङका प्रमुख टेकबहादुर बिष्ट बिशिस्ट अतिथि रहनु भएको थियोे ।
कार्यक्रमको उद्देश्य स्पष्ट पार्दै बालि संरक्षण प्रयोग साला अधिकृत सन्तोष भट्टले सुन्तला खेती गरिरहेका कृषकलाई सुन्तला खेती मा लाग्ने विभिन्न रोग किरा को नियन्त्रण कसरी गर्ने बालिमा हुने क्षति कसरी कम गर्ने र सुन्तला खेतीलाई बिस्तार गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।
गोष्ठीमा थलारा गाउँ पालिका वडा नम्बर ८ भित्र सुन्तला खेती गरिरहेका र सुन्तला खेती गर्न चाहाने इच्छुक कृषक हरुको सहभागीता रहेको थलारा गाउँ पालिका कृषि शाखा नाप्रस बिनोद रावलले जानकारी दिनु भयो । उनका अनुसार सहभागी कृषकलाई फागुन १३ देखि १५ गतेसम्म सुन्तला खेती सम्बन्धि तालिम दिईने छ । सुदुर पश्चिम प्रदेशको सुन्तला जात फलफूल बगैंचा पुनस्थापना तथा ह्रास रोग नियन्त्रण कार्यक्रममा बझाङको थलारा गाउँ पालिका वडा नम्बर ८ छनौट भएको छ ।