बझाङमा जिपको ठक्करबाट महिलाको मृत्यु

सेयर गरौं

बझाङमा जिपको ठक्करबाट घाईते महिलाको मृत्यु भएको छ । बुधबार विहान ९ बजे जिपको ठक्करबाट घाईते केदारस्युँ गाउँपालिका ४ बागथलाकि ६४ बर्षिया महेश्वरी देवी मल्लको मृत्यु भएको हो ।

बागथला तल्ला बजारमा घर अगाडीको धारामा पानी लिन जाने बेलामा बागथला बाट चैनपुर तर्फ आईरहेको सुदुरपश्चिम प्रदेश ०१ ००१ ज १३१६ नम्बरको जिपले ठक्कर दिएको थियो । 

जिपले ठक्कर दिदा मल्लको टाँउको र छातिमा चोट लागेको थियो । घाईते मल्लको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा सामान्य उपचार पश्चात थप उपचारको लागि धनगढी लैजादै गर्दा बाटोमै मृत्यु भएको हो । जिप चालक वित्थडचिर गाउँपालिका ६ का २४ बर्षिया विशाल सिंह स्याडालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204