बझाङ जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता केदारस्युको झोतामा हुने ।

सेयर गरौं

बझाङ जिल्ला स्तरिय १४ औँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता यहि माघ २४ गते देखि  केदारस्युँ गाउँपालिकाको झोतामा हुने भएको छ । जिल्ला खेलकुद समितीका अध्यक्ष एंव जिल्ला स्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगीता ब्यवस्थापन तथा निर्देशन समितीका संयोजक पुष्पलाल रोकायाको अध्यक्षतामा बसेको बैठकले यहि माघ २४ गते देखि २७ गते सम्म केदारस्युँ गाउँपालिकाको झोतामा हुने भएको छ । 

बैठकमा जिल्ला समन्वय समितीका प्रमुख नरबहादुर बोहरा, सुदूरपश्चिम प्रदेश खेलकुद परिषत सदस्य प्रकाश बिक, खेलकुद समितीका पदाधीकारी, सदस्य, सहायक प्रमुख जिल्ला अधिकारी सत्य कुमारी जोशी, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख, शिक्षा बिकाश तथा समन्वय इकाइ प्रमुख सुरेन्द्र कठायत, पालिका खेलकुद समिती अध्यक्ष लगाएतको उपस्थिती रहेको थियो । 

प्रतियोगीताको १४ औं सस्करणको झण्डा सह–आयोजक केदारस्यूँ गाउँपालिकालाई हस्तान्तरण गर्ने, यस प्रतियोगीतालाई खेल महोत्सवको रुपमा मनाउने, प्रतियोगीता सञ्चालनका लागी आवश्यक समिती तथा उप समिती गठन गर्ने निणर्य गरेको छ 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1204