थलारा गाउँ पालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन तथा हकहित सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ८ मा वडा स्तरीय बाल सञ्जाल गठन तथा हकहित सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
बाल अधिकारका लागि तथा बालबालिकाको चेतना बृद्वि र बाल शसक्तिकरणका लागि कार्यक्रमको आयोजना गरिएको हो ।
वडा अध्यक्ष टिकाराज जोशिको अध्यक्षतामा भएको ग‍ोष्ठिमा वडा सदस्य लक्ष्मी राज उपाध्याय जलुदेबी खड्का ज्ञाना नेपाली अतिथि रहनु भएको थियोे
गोष्ठीमा बोल्दै वडा अध्यक्ष जोशीले बालबालिकाको संरक्षण गर्ने जिम्मा सरकारको भएकोले त्यस प्रति वडा सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
गोष्ठीमा वडा भित्र रहेका ४ वटा सामुदायिक र १ निजी बिधालयका प्रधानाध्यापक र प्रत्येक बिधालयवाट ३/३ जना बालक्लबका प्रतिनिधिको सहभागिता रहेको थियो ।
सहभागीलाई भुपु जलस्रोत अधिकृत छत्रराज जोशी र वडा सचिव डिल्ली राज पाण्डेयले बालअधिकार बाल सञ्जाल गठन विधि बाल अधिकारका लागि बनेका कानुन र सन्धिका बारेमा सहजिकरण गर्नु भएको थियोे । कार्यक्रम वडा सचिव डिल्ली राज पाण्डेयको सञ्चालनमा भएको थियोे ।कार्यक्रमबाट वडा स्तरीय ११ सदस्यीय बाल सञ्जाल पनि गठन गरेको छ ।जसको संयोजक दिपेश शर्मा रहनु भएको छ ।

IMG 20240126 125801
Exif_JPEG_420
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 171