थलारा गाउँपालिका वडा नम्बर ८ मा घरवारी ब्यबस्थापन तथा सरसफाइ सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न ।

सेयर गरौं

थलारा गाउँपालिका वडा नम्बर ८ मा घरवारी ब्यबस्थापन तथा सरसफाइ सम्बन्धि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ ।
थलारा गाउँपालिका वडा नम्बर ८ को आयोजनामा सरोकारवाला हरुसंग एक दिने अभिमुखिकरण गोष्ठी वडा अध्यक्ष टिकाराज जोशीको अध्यक्षतामा सम्पन्न भएको हो । गोष्ठीमा बोल्दै वडा अध्यक्ष जोशीले
स्वच्छ सफा निरोगी समाज निर्माण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।
कार्यक्रममा वडा भित्रका महिला स्वयंसेविका खानेपानी तथा सरसफाइ समितिका प्रतिनिधि आमा समुहका प्रर्तिनिधि वडाभित्रका बिधालयका प्रधानाध्यापक कृषि सञ्जाल महिला सञ्जाल स्वास्थ्यकर्मी लगायतको प्रतिनिधित्व रहेको थियो ।सहभागीलाई पुर् जलस्रोत अधिकृत छत्रराज जोशी र वडा सचिव डिल्लीराज पाण्डेयले सरसफाइ तथा घरवारि ब्यबस्थापनका बारेमा सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा वडा सदस्य ईश्वर राज जोशी लक्ष्मिराज उपाध्याय जलुदेबी खड्का ज्ञाना नेपाली र पुर्व वडाअध्यक्ष दिल बहादुर सिंह लगायत अतिथि रहनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 126