थलारा गाउँ पालिकाको शैक्षिक सुधारका लागि गठित कार्यदलले अनुगमन र सरोकारवालासंग छलफल गर्दै

सेयर गरौं

थलारा गाउँ पालिकाले गाउँ पालिकाको शैक्षिक सुधारका लागि गठन गरेका कार्यदलले अनुगमन र सरोकारवालासंगको छलफल जारी राखेकाछन ।
माघ ९ गतेदेखि कार्य थालेका कार्यदलहरुले आज समूह क ले वडा नम्बर ९ को पुर्णचन्द्रोदय मा बि कुलाकाट्नेमा र समूह ख ले वडा नम्बर १ को कालिका आधारभूत बिधालयमा सरोकारवालाहरु संग छलफल गरेको छ ।
थलारा गाउँ पालिकाले पालिकाको शैक्षिक सुधारका लागि भन्दै कार्यदल गठन गरि दुई समुहमा अनुगमन गर्ने जिम्मा दिएको छ । कार्यदलले बिधालयको आर्थिक ब्यबस्थापन दरबन्दी मिलान बिधालय समायोजन र कक्षा थपघटका बिषयमा सरोकारवाला हरुसंग अन्तरक्रिया गरि रहेको हो ।

1706458512478
1706458468656
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 164