बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको  मृत्यु

सेयर गरौं

बैतडीमा जिप दुर्घटना भएको  छ । जिप दुर्घटना हुँदा १ जनाको  मृत्यु भएका  छ  भने चालक सहति ७ जना घाइते भएका  छन् । 

दोगडाकेदार  गाउँपालिका वडा नं ८  कालागाउँकी १५ वर्षिया मनिषा विष्टको  घटनास्थलमै  मृत्यु भएको प्रहरी प्रवक्ता जोशीले  बताए । घाइते ७ जनाको  जिल्ला अस्पताल बैतडीमा उपचार भैरहेको  छ ।  प्रहरीका अनुसार जिपमा ८ जना सवार थिए । जिप सडकबाट ५० मिटर तल खसेको  बताइएको  छ ।  

जिल्लाको दोगडाकेदार  २ कटौजपानीमा दुर्घटना भएको हो । सिल्लेगडा बजारबाट यात्रु बोकेर कालागोरा गाउँ जाँदै गरेको  सु प्र ०१००ज १५३७ नम्बरको बोलेरो जिप कटौज पानीमा दुर्घटनामा परेको  जिल्ला प्रहरी कार्यालय  बैतडीका  प्रवक्ता नन्दराज जोशीले  जानकारी  दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1263