नेकपा एमाले बझाङ जिल्लाको अधिवेशन स्थगित

सेयर गरौं

नेकपा एमाले बझाङ जिल्लाको अधिवेशन स्थगित भएको छ । भोलि र पर्सि आयोजना गर्न गरिएको गरिएको आठौँ जिल्ला अधिवेशन अन्तिम अवस्थामा स्थगित गरिएको हो ।

आज एक विज्ञप्ति जारी गरेर केन्द्रीय उपाध्यक्ष तथा प्रमुख अतिथि युवराज ज्ञवाली प्रदेश अध्यक्षसहितको परामर्शमा अधिवेशन स्थगित गरिएको पार्टी जिल्ला अध्यक्ष दमन भण्डारीले जानकारी दिनु भएको छ ।

केन्द्रीय सदस्य ऐन महरका अनुसार मौसम प्रतिकुल भएका कारण अधिवेशन स्थगित गरिएको हो । मौसममा सुधार आए अधिवेशनको अर्को मिति तय गरिने उनले बताउनु भयो ।

अधिवेशनको लागि केन्द्रीय उपाध्यक्ष ज्ञवाली, स्थायी कमिटी सदस्य कर्ण थापा सहितका नेता धनगढी पुगिसकेका थिए । केही नेता केही दिन अघि नै अधिवेशन तयारीको लागि धनगढीबाट बझाङ पुगिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1246