बझाङको थलारा गाउँ पालिकामा बाघक‍‍ो आतङ्क दुई दिनमा मार्यो १६ बाख्रा

सेयर गरौं

बझाङको थलारा गाउँ पालिकामा बाघले आतङ्क मच्चाउन थालेको छ । बाघले आतंक मचाएपछि स्थानीय त्रसित भएकाछन । दुई दिनको अबधिमा थलारा गाउँ पालिकामा बाघले १६ बाख्रा मारेपछि स्थानीय त्रसित भएका हुन ।
शनिबार बिहान ११ बजेको समयमा थलारा गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तथा कफलकाँडाका स्थानिय रबिन्द्र खातीका ११ वटा बाख्रा बाघले मारेको छ ।
थलारा गाउँपालिका– २ को कालापानि बिसौनाको जङ्गलमा चराउन लगेका बाख्रा बाघले मारेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक दिपेश चौधरीले बताउनुभयो । प्रहरी निरिक्षक चौधरीका अनुसार चराउन लगिएका १८ वटा बाख्रा मध्ये ११ बाघले मारेको छ भने एउटा घाईते र ६ वटा बाख्रा सकुसल रहेका छन् । बाघले ११ बाख्रा मारेपछि वडा अध्यक्ष खातीको झन्डै २ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । 
त्यसै गरि शुक्रबार दिउँसो थलारा गाउँ पालिका वडा नम्बर ७ का शेर बहादुर रोकायाका ५ वटा बाख्रा बाघले मारेको थियो । शुक्रबार दिउँसो वडा नम्बर ८ को जामकोटमा चराउन लगेका ५ बाख्रालाई बाघले मारेको र रोकायाको झन्डै ७० हजारको क्षति भएको वडा नम्बर ७ का वडा अध्यक्ष किस्ने सार्कीले बताउनु भएको छ ।
शुक्रबार दिउसो बाख्रा चराउन गएका ग्वालाहरुकै अगाडि बाधले लगातार ५ बाख्रा मारेको थियोे । बाघले बाख्रा मारेपछि ग्वालाहरुले होहल्ला गरेका थिए । होहल्ला गरेपछि बाघ ग्वालाहरुमाथि आक्रमण गर्न आएको थियोे ।वडा अध्यक्ष सार्कीले भन्नू भयो अम्बिका सार्की र रेखा सार्कीले भागेर ज्यान जोगाईन उनीहरुको मानसिकता नै खलबलिएको छ ।
बाघले दिनदाहाडै यसरी आतंक फैलाउन थालेपछि स्थानीयहरु त्रसित भएको वडा अध्यक्ष सार्कीको भनाइ छ । केही दिन अघि मात्रै थलारा गाउँ पालिका वडा नम्बर ८ बिस्खेतका सिद्वराज जोशीको गोठबाटै तानेर बाघले एक बाख्रो खाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
5
+1
9
+1
1
+1
21
पदम खड्का
पदम खड्का
Articles: 126