दुर्गाथली गाउँ पालिकाको १४औ गाउँ सभा सम्पन्न ।

सेयर गरौं

दुर्गाथली गाउँ पालिकाको १४ औ गाउँ सभा सम्पन्न भएको छ । पालिकाको १४ औ गाउँ सभा तथा हिउँदे अधिवेशन आईतवार सम्पन्न भएको हो ।
अध्यक्ष दिल बहादुर थापा तुफानले गाउँ सभामा पालिकाक‍ो नीति तथा कार्यक्रम प्रश्तुत गर्नु
हुदै आफ्ना गाउँमि आफ्नै डाक्टर कार्यक्रम,एम्बुलेन्स खरिद, कृषिमा ढुवानी, जेसिपि खरिद,उपाध्यक्ष कोसेली आदि कार्यक्रम निकै प्रभावकारी भएको बताउनु भयो । साथै उनले गाउँ पालिका रिङरोडको डिपिआर तयार भई कार्यान्वयनको चरणमा रहेको,च्वाबन र गाग्रीपाटामा बिधुतिकरण भैरहेको र बिधालय शिक्षा सुधारका लागि कक्षा ८ को परिक्षा गाउँ पालिका स्तरीय बनाईने समेत बताउनु भयो ।
सभामा उपाध्यक्ष जनक बहादुर दौल्यालले पालिकाको संसोधित बजेट प्रश्तुत गर्नु भएको थियोे । प्रश्तुत संशोधित बजेट माथि सदस्य गगन बहादुर रावल वडा नम्बर ३ का अध्यक्ष रमेश बोहरा वडा नम्बर २ का अध्यक्ष धनराज मिश्र वडा नम्बर ४ अध्यक्ष शिवराज जोशी लगायतले छलफलमा भागलिदै सुखि दुर्गाथली समुन्नत दुर्गा थलि बनाउन सबैको सकारात्मक भुमिका हुनु पर्नेमा जोड दिनुभएको थियो ।
गाउँ सभामाबाट दुर्गाथलि गा पा को समाबेशीकरण रणनीतिक कार्यबिधि पास भएको प्रमुख प्रशासकीय अधिकृत झलक दौल्यालले बताउनु भयो ।

1707056381666
1707056396710
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 159