बझाङ जिल्ला १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सम्पन्न १३ स्वर्ण पदक जितेर बुंगल नगरपालिका प्रथम

सेयर गरौं

केदारस्यूँ गाउँपालिकाको झोतामा सञ्चालन भएको १४ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आज सम्पन्न भएको छ ।यस वर्षको रनिङ् शिल्डको उपाधि बुंगल नगरपालिकाले हात पारेको छ।

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा जिल्लाका १२ वटै स्थानीय तहको सहभागिता रहेको थियो । त्यसैगरी केदारस्यूँ गाउँपालिकाले द्धितिय र तृतिय स्थान जयपृथ्वी नगरपालिकाले हात पारेका छन् । 

१३ स्वर्ण, दुई रजतसहित १५ पदक हात पार्दै बुंगल नगरपालिकाले १४ राष्ट्रपति रनिङशिल्डको उपाधी हात पारेको हो । त्यसैगरी ६ स्वर्ण, ६ रजत र ५ कास्यसहित केदारस्यूँ गाउपालिकाले १७ पदक हात पारेको छ । यता तृतिय स्थान हात पारेको जयपृथ्वी नगरपालिकाले ४ स्वर्ण, ६ रजत र ४ काँस्य सहित १४ पदक प्राप्त गरेको छ ।

चौथौं स्थान हात पारेको खप्तडछान्ना गाउँपालिकाले २ स्वर्ण, ४ रजत र २ कास्यँसहित ८ पदक, थलारा गाउँपालिकाले १ स्वर्ण, ३ रजत गरी ४ पदक, छविसपाथिभेरा गाउँपालिकाले १ स्वर्ण, २ रजत र ८ काँस्य गरी ११ पदक हात पारेको छ ।

त्यसैगरी बित्थडचिर गाउँपालिकाले १ स्वर्ण, २ रजत र ३ काँस्यसहित ६ पदक, दुर्गाथली गाउँपालिकाले १ स्वर्ण, १ रजत र ५ काँस्यसहित ७ पदक, सुर्मा गाउँपालिकाले १ स्वर्ण, २ काँस्यसहित ३ पदक, तल्कोट गाउँपालिकाले २ रजत, मष्टा गाउँपालिकाले १ रजत र १ कास्यसहित २ पदक र साइपाल गाउँपालिकाले १ रजत प्राप्त गरेको जिल्ला खेलकुद समिती बझाङका अध्यक्ष पुष्पलाल रोकायाले जानकारी दिनुभयो ।

यही माघ २४ गतेदेखि केदारस्युँ गाउँपालिकाको झोतास्थित भैरव माविमा सञ्चालन भएको १४ राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता आज समापन भएको हो ।

जिल्लास्तरीय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागिता जनाउन पाउने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष पुष्पलाल रोकायाले बताउनुभयो।

उनका अनुसार प्रदेशस्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीहरूको नामावली केही दिनमा सार्वजनिक गरिनेछ । जिल्ला खेलकुद समितिको आयोजना र केदारस्युँ गाउँपालिकाको सहआयोजनाका प्रतियोगिता सञ्चालन भएको थियो

1707663839714
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
संवाददाता
संवाददाता
Articles: 1311