अल्लो झोला उद्योग ब्यबस्थापन र कच्चापदार्थ उत्पादनमा जोड दिन आबश्यक छ- अध्यक्ष रोकाया

सेयर गरौं

बझाङको थलारा गाउँपालिकामा अल्लो कपडाको झोला सिलाई तालिम सम्पन्न भएको छ । स्थानीय स्तरमा पाइने अल्लो प्रशोधन गरि स्थानीयलाई व्यवासीय तथा आत्मनिर्भर बनाउने उद्देश्यले थलारा गाउँपालिका २ दंगाजीमा मंसिर २८ गतेदेखि सुरुभएको २ महिने अल्लो कपडाको झोला सिलाई तालिम सोमबार सम्पन्न भएको हो ।
मालिका भवानी साझा अल्लो फर्म सचिव अञ्जु खातीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि थलारा गाउँपालिका अध्यक्ष प्रकाश बहादुर रोकाया रहनुभएको थियो ।
बिशिष्ठ अतिथि उपाध्यक्ष रामबहादुर खाती, वडा नम्बर १ का वडाध्यक्ष रवीन्द्र जोशी र २ का वडाध्यक्ष रवीन्द्र खाती रहनुभएको थियो भने प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डित ,युनाइटेड मिसन टु नेपाल सृजना परियोजनाका ईन्द्रिरा राई, प्रगतिशील युवा समाजका अध्यक्ष रमेश केसी,थलारा गाउँ पालिका उद्योम शाखा प्रमुख कबिन्द्र बिष्ट लगायत अतिथिमा रहनुभएको थियोे ।

तालिम समापन समारोहमा जनप्रतिनिधि प्रशिक्षक, तालिममा सहभागी बीच झोला बनाउन लाग्ने समय, आवश्यक उपकरण मेहनत लगानीका बारेमा र तालिमबाट सिकेको सिपलाई कसरी व्यवसायीक बनाउने र उधोगलाई निरन्तरता दिन सकिन्छ भन्ने विषयमा पनि छलफल गरिएको थियोे । छलफलमा अल्लो झोला सिलाई उद्योग तत्कालका लागि मालिका भवानी साझा अल्लो फर्मले सञ्चालन गर्ने र थलारा गाउँ पालिका वडा नम्बर २ ले प्रत्यक्ष निगरानी राख्ने समझदारी भएको छ ।

समापन कार्यक्रममा बोल्दै थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले उत्पादन भएका सामान बिक्री गर्न समस्या नभई उत्पादन निरन्तर गर्न सकिन्छ कि सकिदैन भन्ने चुनौती रहेको भन्दै यसको दिगो ब्यबस्थापन र कच्चापदार्थ उत्पादनमा जोड दिन आबश्यक छ भन्नू भयो । साथै उनले सीप सिकेकाहरू लाई सिपको सदुपयोग गरि आत्मनिर्भर बन्न चाहाने लाई पालिकाले आवश्यक सहयोग गर्ने बताउनुभयो।

त्यस्तै उपाध्यक्ष राम बहादुर खातीले उधोगलाई कसरी दिगो बनाउन सकिन्छ र रोजगारी सृजना गर्न सकिन्छ भन्नेबारे सबैले सोच्नुपर्ने धारणा राख्नुभएको थियोे ।

प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डितले अल्लो झोला सिलाई तालिमलाई थलारामा रोजगारी सृजना गर्न सकिने उद्योगको रुपमा लिएको बताउदै दिगो ब्यबस्थापनका लागि पहल गरिने बताउनु भयो ।

युएमएन सृजना परियोजना म्यानेजर इन्दीरा राइले थलारामा अल्लो प्रशस्त मात्रमा पाइएपनि त्यसको सदुपयोग हुन नसकेको बताउदै स्थानीय स्तरमा पाइने अल्लोलाई सदुपयोग गर्नसके धेरै जना यसबाट रोजगारी पाउने समेत बताउनुभएको थियो ।

तालिममा सहभागी हरिकला रोकायाले विद्यालय लगायत विभिन्न कार्यालयमा स्थानीय स्तरीयमा तयारी गरिएको झोला अनिवार्य, बजारीकरणको व्यवस्था गरिनुपर्ने र सिकेको सीपलाई सदुपयोग गर्नका लागि आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने माग राख्नु भएको थियोे ।

थलारा गाउँपालिका उद्यम शाखा ,थलारा गाउँपालिका वडा नम्बर १,२ र युनाइटेड मिसन टु नेपालको आर्थिक सहयोगमा प्रगतिशिल युवा सामाज सृजना परियोजनाले तालिमको आयोजना गरेको थियो।
तालिममा थलारा गाउँपालिका १ र २ का  ९ जना महिला सहभागी रहेका थिए।
दुई महिनाको तालिम अबधिमा सहभागीहरुले २ सय १८ स्कुल झोला, ८५ साईड झ‍ोला, ११ लेडिज झोला, १८ बच्चा झोला, १० क्यामेरा झोला र ९ वटा नमुना झोला गरि ३ सय ४३ झोला सिलाई भएको परियोजना सामाजिक परिचालक तारा प्रसाद ओझाले बताउनु भयो । उनका अनुसार अहिले तालिम कक्षमा ५६ झोलाको लागि कटिङ पिस रहेकाछन भने २० वटा झोलाको लागि कच्चापदार्थ बचेको छ भने ३३ हजार ५ सय रुपैयाँका झोला बिक्री भएकाछन । तालिममा ६ लाख ५ सय ५२ रुपैयाँ खर्च भएको छ ।
तालिममा सहभागीलाई प्रशिक्षक चित्र बहादुर नेपाली र सहायक प्रशिक्षक उर्मिला परियारले तालिम दिनुभएको हो । समापन कार्यक्रम सहभागीलाई सीप सिकेको प्रमाणपत्र र प्रशिक्षकलाई सम्मान प्रत्र प्रदान गरिएको थियो । कार्यक्रम प्रगतिशील युवा समाज सृजना परियोजना कार्यक्रम अधिकृत बल बहादुर ओडक‍ो सञ्चालनमा भएको थियोे ।

IMG 20240212 120625
Exif_JPEG_420
IMG 20240212 153850
Exif_JPEG_420
IMG 20240212 120311
Exif_JPEG_420
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 206