थलारा गाउँ पालिका वडा नम्बर ७ स्थित भवानी मा बि ले मनायो ४९औ बार्षिक समारोह

सेयर गरौं

थलारा गाउँ पालिका वडा नम्बर ७ स्थित भवानी मा बि को ४९औ बार्षिक समारोह आज उद्घाटन गरिएको छ ।
बिधालय ब्यबस्थापन समिति अध्यक्ष दिनेश राज उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रमको थलारा गाउँ पालिका अध्यक्ष प्रकाश रोकायाले शब्द बाचनद्वारा उद्घाटन गर्नु भएको हो । कार्यक्रममा थलारा गाउँ पालिका उपाध्यक्ष राम बहादुर खाती बिशिस्ट अतिथि प्रमुख प्रशासकीय अधिकृत सिद्वराज पण्डित वडा नम्बर ७ का अध्यक्ष किस्ने सार्की वडा नम्बर ८ का वडा अध्यक्ष टिकाराज जोशी बिशिस्ट अतिथि रहनु भएको थियो । शिक्षक डबल बहादुर सिहको सञ्चालनमा भएको कार्यक्रममा प्रधानाध्यापक शिवराज उपाध्यायले बिधालयको आर्थिक तथा भौतिक प्रतिबेदन र भुतपुर्व प्रधानाध्यापक तारासिंह चलाउनेले शैक्षिक प्रतिबेदन प्रश्तुत गर्नु भएको थियो भने भुतपुर्व प्रधानाध्यापक चक्रबहादुर रोकायाले स्वागत मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा थलारा गाउँ पालिका शिक्षा संयोजक हर्क बहादुर र‍ोकाय लगायत अतिथि रहनु भएको थियोे । कार्यक्रममा भवानी मा बि मा अध्यन गरेर उच्च ओहोदामा पुगेका थलारा गाउँ पालिका प्रशासकीय अधिकृत सिद्वराज पण्डितलाई खादा र टोपीले र भारतबाट बिधालय लाई टेन्ट हार्मोनियम लगायतका सामाग्री सहयोग गर्ने प्रवासी नेपालीका परिवारलाई खादाले सम्मान गरिएको थियोे । समारोहमा थलारा गाउँ पालिका वडा नम्बर ७ निवासी चन्द्र बहादुर रोकायाले आफ्नो बाजे मन्धिरे रोकायाको स्मृतिमा १ लाख १ हजार रुपैयाँको अक्ष्ायकोष स्थापना गर्न बिधालय लाई चेक हस्तान्तरण गर्नु भएको थियो । बिधालयको वार्षिकोत्सब कार्यक्रममा छात्रछात्राले विभिन्न सास्कृतिक कार्यक्रम पनि प्रश्तुत गर्नु भएको थियोे ।कार्यक्रम भोलि सम्म सञ्चालन हुने बताईएको छ ।

IMG 20240213 150310
Exif_JPEG_420
IMG 20240213 151252
Exif_JPEG_420
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
पदम खड्का
पदम खड्का
Articles: 125